मंगलबार, वैशाख १८, २०८१

अबको २ साताभित्र साढे १३ लाख ज्येष्ठ नागरिकले कोभिशिल्डको दोस्रो मात्रा खोप पाउने

मेरोन्यूज २०७८ साउन १८ गते १२:११

काठमाडौं । कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनभित्र दोस्रो मात्रा खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उमेश श्रेष्ठले जापानबाट आएको एष्ट्रेजेनेकाको खोप ज्येष्ठ नागरिकलाई दिने बताए ।

उनका अनुसार जापानबाट एष्ट्रेजेनेकाको खोप २ साताभित्र आउने र खोप आएको ३ दिनभित्र दोस्रो मात्रा लगाउन बाँकी सबै ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने छ । १३ लाख द्ध८ ज्येष्ठ नागरिकहरुले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।

प्रतिक्रिया