मंगलबार, वैशाख १८, २०८१

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

मेरोन्यूज २०७८ साउन १२ गते १९:११

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २६ गतेबाट लागु हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्मा अहिले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन् ।

आगामी भदौ २४ देखि अनिवार्य अवकाश पाउन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशको एक महीना अघि विदा बस्ने भएपछि शर्मालाई कामु प्रधानसेनापति तोकिएको हो । सेनामा अवकाश पाउनु एक महिना पहिले नै विदा बस्ने प्रचलन छ । सोही प्रचलन अनुसार उनी साउन २६ गतेदेखि विदामा बस्दै छन् ।

प्रतिक्रिया