मंगलबार, वैशाख १८, २०८१

नेपाली बजारमा टिभिएस एन्टर्कको नयाँ संस्करण

मेरोन्यूज २०७८ साउन १२ गते १३:०८

काठमाडौं । टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एन्टर्कको नयाँ संस्करण सार्वजनिक गरेको छ ।

कम्पनीले रेस ट्युन फ्युल इन्जेक्सन (आरटिएफआइ) भर्सनको बिएस/भिआइ टिभिएस एन्टर्क सार्वजनिक गरेको हो ।

मनोरञ्जन र रेसिङका लागि आरटी–एफआइ प्रविधि जडान गरिएको छ । नयाँ युगको सम्पर्क, शक्ति र शैलीको अवधारणामा एन्टर्क÷१२५ को नयाँ संस्करण सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्कुटरको इन्धन ट्यांकी क्षमता ५ दशमलब ८ लिटर रहेको छ । यो स्कुटरको मूल्य २ लाख ७७ हजार ९ सय ९९ सय रुपैयाँ राखिएको छ ।

‘नेपाली बजार र ग्राहकको माग, चाहनालाई मध्यनजर गर्दै टिभिएस एन्टर्क–१२५ मा उत्साहजनक, शक्तिशाली र नौलो अनुभव लिन सकिने विशेषता समावेश गरिएको छ ।

यो स्कुटर नेपाली बजारमा अत्याधिक रुचाइएको र माया गरिएको स्कुटर बन्न सफल भएको छ,’ टिभिएस मोटरका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले जानकारी दिए ।

आरटी–एफआइ प्लाटफर्म अन्तर्गत एनटर्क–१२५ नै पहिलो स्कुटर रहेको उनको दाबी छ । यो स्कुटर मार्फत चालकले वास्तविक र आक्रामक अनुभुति लिन सक्ने उनले बताए ।उनका अनुसार यो स्कुटरमार्फत विशेष गरी युवा वर्ग सन्तुष्ट हुनेछन् ।

‘नेपाली बजारमा एनटर्क बिएस–भिआइ सार्वजनिक गर्न पाउँदा गौरवान्वित छौँ। आरटी–एफआइ जडान गरिएको यो स्मार्ट स्कुटरले बेस्ट इन क्लास ओनरसिपको अनुभुति दिनेछ। हाम्रो युवा वर्गको अनुभव र मागलाई मध्यनजर गर्दै सोही अनुसारको उत्पादन नेपाली बजारमा ल्याउनेछौँ,’ जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले उल्लेख गरे ।

स्कुटरमा नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–विल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्ट्रेन्थ डिस्प्ले , लास्ट पार्क लोकेशन डिस्प्ले, सर्भिस रिमाइन्डर, ट्रिम मिटर, मल्टी–राइड स्टास्टिक मोड लगायतको सुविधा जडान गरिएको छ ।

यो स्कुटरमा डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बिएस–भि एफआइ), सुपर स्कवाड एडिसन लगायत पाँचवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्कुटर म्याट्टे रेड, मेटालिक ग्रे, मेटालक रेड, मेटालिक ब्लु लगायत रङमा उपलब्ध छन् । सुपर स्क्वाड संस्करण कम्ब्याट ब्लु, इनभिसिबल रेड र स्टिल्थ ब्ल्याक लगायत रङमा उपलब्ध छन् ।

प्रतिक्रिया