मंगलबार, वैशाख १८, २०८१

वागमती प्रदेशमा आज भारी वर्षा हुने

मेरोन्यूज २०७८ साउन ९ गते ६:१८

काठमाडौं । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य वदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया