थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असार ३१ गते १६:५४
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
यही अवधिमा थप १ हजार ७ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया