मंगलबार, वैशाख १८, २०८१

युरोकप २०२० फाइनल

इङ्ल्यान्ड र इटाली कस्ले बनाउँला इतिहास ?

आयुश राठौर २०७८ असार २७ गते १५:१९

काठमाडौँ । युरोकप २०२० को उपाधिका लागि आज आइतबार राति इंग्ल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुन लागेको छ । नेपाली समय अनुसार राति १२ः४५ बजे हुने भएको छ । वेम्बली स्टेडियममा हुने फाइनल खेलमा इंग्ल्याण्ड र इटालीबीच भिड्ने भएको हो ।

कूल २४ देशहरू सहभागी प्रतियोगितामा इटालीले स्पेनलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई पराजीत गरेको थियो ।

पहिलोपटक युरो च्याम्पियनशिपको फाइन प्रवेश गरेको इंग्ल्याण्ड उपाधि हात पार्ने योजनामा रहेको छ । यस्तै, एकपटक च्याम्पियन बनेको इटाली चौँथोपटक फाइनल प्रवेश गर्दै इतिहास दोहोर्याउने होडमा रहेको छ ।

दुवै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् । इटाली उत्कृष्ट टिम हो । पछिल्लो दुई वर्ष उनीहरू उत्कृष्ट लयमा देखिएका छन् ।

इटालीका लागि यो मुख्य प्रतियोगितामा १० औँ फाइनल यात्रा हो । यसअघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।

इंग्ल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास रच्ने योजनामा छन् । इंग्ल्याण्ड युरोकपको फाइनल खेल्ने १३ औँ राष्ट्र हो । यसअघि इंग्ल्याण्ड सन् १९६६ मा पहिलोपटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

यी दुई देशबीच २७ पटक प्रतिस्पर्धा भएको छ । जसमा इटालीले ११ खेल जितेको छ भने इंग्ल्याण्डले ८ खेलमा जित निकालेको छ । यस्तै, ८ खेल बराबरीमा रोकिएको थियो ।

युरोपियन च्याम्पियनशिप पहिलोपटक फ्रान्समा सन् १९६० मा आयोजना भएको थियो । नकआउट प्रतियोगिताको रूपमा स्थापित भएको यस प्रतियोगिताको पहिलो संस्करणमा चार टोली मात्र सहभागी भएका थिए ।

यस्तै, सन् १९८० मा ८ देश, सन् १६१६ मा १६ देश र सन् २०१६ मा २४ देशले युरोकप खेल्न थालेको हो ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया