पृथ्वी राजमार्ग भासियो : सवारी एकतर्फी
मेरोन्यूज
२०७८ असार २० गते १२:२६
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया