मंगलबार, वैशाख १८, २०८१

महामारीले वातावरणमा पुर्‍याएको फाइदा

डा. जेरेमीएल कैराडोना २०७८ असार १५ गते १८:११

काठमाडाैँ । महामारीको शुरुवाती दिनका केही उल्लेखनीय दृश्यहरू छन् । सार्वजनिक स्वास्थ्य र निषेधाज्ञा (लकडाउन)ले अर्थतन्त्रमा प्रभाव पारेका बेला सबैको ध्यान आकर्षित गर्ने दृश्य हिमाली क्षेत्रको थियो । ती दृश्य अचानक उत्तरी भारतबाट देखिएका थिए । अविश्वनीय रुपमा केही स्थानीयहरूले आफ्नो जीवन कालमा पहिलोपटक विशाल हिमाली श्रृङ्खला देखेका थिए ।

कुनै पनि विषयमा आफू स्पष्ट हुन कहिले ढिलो हुँदैन । महामारीले एउटा अभियानलाई पुनर्जीवित गर्‍यो जसको जरा १८ औँ शताब्दीमा छ । त्यो समयमा पहिलोपटक ‘दीर्घ कालीनता’ भन्ने शब्दको (जर्मनबाट) प्रयोग भएको थियो । जसले वन विज्ञानका सम्बन्धमा नयाँ तरिका अपनाउनु पर्ने अभिप्राय राखेको थियो । निरन्तर कटानीमा परेका वनलाई स्थिरता कसरी प्रदान गर्ने भन्ने उद्देश्यसहित उक्त वाक्यको जन्म भएको थियो । यो अभियानको मूलप्रवाहमा सन् १९८७ मा आएको थियो, ‘हाम्रो साझा वन प्रतिवेदन’का नाममा । यो संयुक्त राष्ट्रसंघले अघि सारेको अभियान थियो ।

उक्त अभियान नर्वेका प्रधानमन्त्री ग्रो हालेम ब्रेटलेडको निगरानीमा थियो । अभियानले ‘दीर्घ कालीन अर्थतन्त्र’का सवालमा एक महत्वपूर्ण लक्ष्य लिएको थियो । यसले हामी माझ विकासका सर्न्दभमा दीर्घ कालीन परिभाषा दियो । ‘विकास भनेको भविष्यको पुस्ताको आवश्यकतालाई खलल नपुर्‍याउने तवरमा वर्तमानको आवश्यकतालाई सम्बोधन गर्नु हो ।’

डा. जेरेमीएल कैराडोना

इतिहासकारले गत वर्षलाई इतिहासको एक महत्वपूर्ण पानी ढलोका रुपमा लिनेछन् । हुनसक्छ, उनीहरूले नयाँ युगको शुरुवातका हिसाबमा पनि गत वर्षलाई लिन सक्छन् । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा आएको सुस्तताले अनजानमा नै उत्र्सजनमा कमी ल्याएको छ भने सरल जीवनलाई प्रेरित गरेको छ । सांस्कृतिक मूल्यको पुनः मूल्यांकन र हाम्रो वैश्विक औद्योगिक समाजको बक्र रेखा नै परिर्वतन गरेको छ ।

धेरै हिसाबले स्थिरता एक सफल कथा पनि हो । यसले पुनः प्रयोग गर्न सकिने उर्जामा अभूतपूर्व वृद्धि ल्याएको छ । यसले स्थानीय र अर्गानिक खाद्य बजारलाई बढाएको छ । प्लास्टिकजन्य वस्तुको प्रयोग एकपटक मात्रै गर्नु पर्नेमा जोड दिएको छ भने सरकार र सरकारी तथा गैर-सरकारी संघ संस्थालाई त्यस विषयमा प्रतिबद्ध बनाउन सहयोग पुर्‍याएको छ । केट रावोथको ‘दुनोट अर्थशास्त्र’ जस्तो सिद्धान्त जसलाई एम्स्टर्डमको शहरले अनुशरण गर्दा यस्ता विचारको उदयले थप अनुकुलता पायो ।

यसका अलावा स्थिरताले उपभोक्ताको व्यवहारमा व्यापाक प्रभाव पारेको छ । इएसजी लगानीकर्ता (जसले वातावरण, समाजिक खुसीयाली र सुशासन)मा बढी जोड दिन्छन् उनीहरूले सन् २०२० मा ५१ दशमलव १ बिलयन बराबरको लगानी भित्र्याएका छन् । उपभोक्ताले आफ्नो मूल्य लगानी र खर्चमा देख्न चाहन्छन् ।

सन् २०१६ को पेरिस जलवायु परिर्वतनसम्बन्धि सम्झौता दीर्घ कालीनको एक प्रकारको जीत थियो । तर, विश्वका सबै देशलाई एकै स्थानमा ल्याउन उसलाई निकै समय लाग्यो ।

यद्यपि, स्थायीत्वसम्बन्धि अभियानले सबैभन्दा जल्दोबल्दो समस्याको समाधान गर्नबाट भने चुकेको छ । अभियानले अर्थतन्त्र र वातावरणसम्बन्धि आजका चुनौतीको सामना गर्न सकेको छैन । यस्तै, जलवायु परिर्वतन र जीवाष्मा इन्धनबाट सञ्चालिन अर्थतन्त्र यसको विकासको प्रमुख स्थानमा बसेका छन् । त्यसैले अभियानकर्ता र जलवायु वैज्ञानिकहरूको चिन्ता प्रायः समान बनेको छ ।

सन् २०१६ को पेरिस जलवायु परिर्वतनसम्बन्धि सम्झौता दीर्घ कालीनको एक प्रकारको जीत थियो । तर, विश्वका सबै देशलाई एकै स्थानमा ल्याउन उसलाई निकै समय लाग्यो । दीर्घ कालीनता सन् २००० सम्म मूलधारमा थिएन । न त, यसलाई सबैले प्राथमिकतामा राखेका थिए ।

त्यसअघि स्थायीत्वका विषयमा काम गर्न केही स्वार्थ समूहको दबाब थियो । त्यसमा केही जलवायु वैज्ञानिक, उर्जा विशेषज्ञ, केही नीति निर्माता, पर्यावरण अर्थशास्त्री र साधरण जीवनका विषयमा वकालत गर्ने वातावरणवादमा प्रेरित व्यक्ति थिए ।

नतिजा स्वरुप इतिहासका प्रमुख घटनाक्रम संस्थागत हुन्छन्, पद्धतिगत हिसाबमा जसको प्रकृति तलदेखि माथिसम्म हुन्छ । उदाहरणका लागि सन् १९८७ को मेन्टेरियल अभिसन्धि- जसले ओजन क्षयीकरण गर्ने पदार्थलाई निषेध गर्‍यो । यस्तै, सन् १९८८ को जलवायु परिर्वतनसम्बन्धि अन्तर सरकारी सूची र सन् १९९२ को रियो अर्थ सम्मेलन । यी घटना क्रमको फाइदा प्रभावकारी छन् । तर, मूल रुपमा जुन उद्देश्य प्राप्त गर्न खोजिएको थियो, त्यो भने प्राप्त भएन । सन् २०३० को जलवायु परिर्वतनले हामीसमक्ष केही लक्ष्य दिएको छ । हामीमाझ रहेको प्रमुख संकटहरू समाधान गर्न नसक्दा महामारी कुनै न कुनै रुपमा रहनुपर्छ जस्तो लाग्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीसामु रहेको महामारीका बाबजुत स्थायीत्वलाई कसरी अगाडि बढाउने भन्ने हो । यस्तो अवस्थामा सबैभन्दा धेरै फाइदा कसरी लिने भन्ने हो । मिलानदेखि मेक्सिको शहर र मुम्बईले देखिने हिसाबमा आधुनिक यात्राका लागि कदम चालेका छन् ।

त्यसक्रममा साइकल हिड्ने नयाँ लेनदेखि ‘१५ मिनेटको शहर’ परिकल्पना गरिएको छ । यर्थाथपरक लक्ष्य भनेको सबै समुदायलाई एकै स्थानमा ल्याएर नयाँ र दीर्घ कालीन भविष्यको स्वास्थ्य सेवा, आपत कालीन सेवा र न्यूनतम आवश्यकताका विषयका लागि योजना बनाउनु हुने छ । एक अनुसन्धानका अनुसार दुई तिहाई युरोपियनहरू महामारी पूर्वको वायु प्रदूषणको युगमा आफूहरू फर्किन नचाहेको बताएका छन् । यो सपनाले तब मात्र मूर्त रुप लिनेछ, जब त्यसका लागि प्रभावकारी कदम चालिनेछ ।

आर्थिक विकासले हाम्रो जलवायुसम्बन्धि संकटलाई समाधान गर्दैन र गर्न सक्दैन भन्नु अब कुनै गल्ति हुने छैन । २०२० को शरद ऋतुबाट २०२१ को शुरुवातसम्म विश्वभरमा कार्वन उत्र्सजन दशकमै पहिलोपटक कम भएको थियो । औसतमा २६ प्रतिशतले गिरावट आएको थियो । तर, २०२१ को तथ्यांकले उत्र्सजनमा वृद्धि हुन थालेको देखाएको छ ।

हवाई यातायात पूर्ण रुपमा सुरक्षित भने छैन । मानिसले धेरै हवाई यात्रा गर्न छोड्नु पर्छ अथवा एकदमै आवश्यक परेको बेलामात्रै गर्नुपर्छ ।

सन् २००८ को आर्थिक मन्दीले उत्र्सजनमा कमी आएको देखाएको थियो । तर, सोभियत संघको विघटनपछि हामीले त्यसमा निरन्तर कमी आएको देखेका छैनौँ । सोभियत संघको विघटनले अस्थायी रुपमा अर्थतन्त्रमा मन्दी छाएको थियो । हामीले फेरि यो समस्यालाई झेल्नु पर्नेछ । जति धेरै उत्पादन हुन्छ, त्यति धेरै उत्सर्जन हुन्छ । हामी उत्तरी धुव्रमा बस्ने समृद्ध देशहरूले आर्थिक विकासविनाको समृद्धिका विषयमा सोच्नु पर्ने बेला आएको छ ।

उर्जा क्षेत्रबाट पनि बाचा बाध्ने गरिएको छ । महामारीका दौरान कच्चा तेलको मागले उच्चतम बिन्दु छोएको देखिन्छ । सन् २०२० मा तेलको माग करिब ९ प्रतिशतले कमी आयो । तेलको मागमा वृद्धि भइसके पनि यो स्पष्ट भइसक्यो कि हामीले विश्वव्यापी रुपमा तेलको मागको उच्च बिन्दु देखिरहेका छौँ । कच्चा तेलको मागपछिको युग कस्तो होला कसैले अनुमान गरेको छ ? महामारीपछि के स्पष्ट भएको छ, भने हवाई यातायात पूर्ण रुपमा सुरक्षित भने छैन । मानिसले धेरै हवाई यात्रा गर्न छोड्नु पर्छ अथवा एकदमै आवश्यक परेको बेलामात्रै गर्नुपर्छ । उदाहरणका लागि परिवारमा निधन भएको अवस्थामा ।

महामारीपछिको अवस्थालाई हेर्ने हो भने हामीले भोगेको त्रासदीबाट जीवनका लागि केही पाठ सिक्नु पर्ने हुन्छ ।

खुसीको कुरा जीवाष्मा तेल उत्पादक कम्पनीहरूलाई आफ्नो सीमा तोकिएको छ । तेल उत्पादक कम्पनी सेललाई ऐतिहासिक रुपमा उत्र्सजन कम गर्न अदालतले आदेश दिएको छ । भण्डाफोर अभियान दैनिक सञ्चाल भइरहेको छैन । केही दबाबपछि अबको दुई दशकमा जीवाष्मा तेलको प्रयोगमा निकै कमी आउनेछ । चीनले यसमा आफ्नो कदम राखिराखे पनि तेल प्रयोगमा कमी आउनेछ ।

यदि, महामारीपछिको अवस्थालाई हेर्ने हो भने हामीले भोगेको त्रासदीबाट जीवनका लागि केही पाठ सिक्नु पर्ने हुन्छ । आउनुहोस्, हामी कार्बन कम लागत, कम खर्च र साधारण खुसीका लागि अघि बढौँ । त्यसले मात्रै हामीलाई असल रुपमा स्थायी खुसी प्रदान गर्छ ।

(डा. जेरेमीएल कैराडोना विक्टोरिया विश्वविद्यालयमा वातावरण म्बन्धि अध्यापन गर्छन् । २१ जुन २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख भावानुवाद गरी प्रकाशित गरिएको हो ।)

प्रतिक्रिया