मंगलबार, वैशाख १८, २०८१

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

मेरोन्यूज २०७८ असार १४ गते १२:१६

काठमाडौँ । काठमाडौँ उपत्यका प्रशासनले जारी निषेधाज्ञा थप एक साता लम्बाउने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता लम्ब्याएको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

प्रतिक्रिया