मंगलबार, वैशाख १८, २०८१

ओलीबाट मलाई प्रधानमन्त्रीको अफर आयो : नेता नेपाल

मेरोन्यूज २०७८ असार १२ गते १६:५७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले ओली पक्षबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको बताए । उनले आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने बताए ।

उनले भने, “ओली पक्षबाट प्रधानमन्त्री बन्ने अफर आएको छ । शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भनेका छन् । मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो । अ‍ोलीका कुनै पनि आश्वासन मानेर विपक्षी गठबन्धनलाई धोका दिदैन । माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन । यो गठबन्धनमा कुनै धोका हुदैन ।”

नेपालले संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न विद्रोही एमाले भएको बताए । उनले एमालेभित्रको विद्रोही र क्रान्तिकारी आवाज भएको बताए । नेपालले ओली केपी ओली तानाशाह भएको बताए ।

प्रतिक्रिया