मंगलबार, वैशाख १८, २०८१

चितुवाको छालासहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ असार ११ गते १९:२३

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट चितुवाको अवैध छालासहित २ जना पक्राउ परेका छन् ।

शुक्रबार महानगरीय अपराध महाशाखाले सिन्धुली जिल्लाको मरिन गाउँपालिका–३ सिरटोल घर भई हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ३२ वर्षीय सुशीलकुमार वाइबा र सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमले घर भई हाल स्वयम्भू बस्दै आएका कान्छाराम वाइबालाई पक्राउ गरेको हो ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी छ लाखमा बिक्रीबितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई स्वयम्भूबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरी अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया