मंगलबार, वैशाख १८, २०८१

सशस्त्र प्रहरीका ३ सय २२ जनामा कोरोना पोजेटिभ

मेरोन्यूज २०७८ जेठ १३ गते १३:२८


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३ सय २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजु अर्यालका अनुसार हाल ३ सय २२ जना कर्मचारी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसमा रहेका छन् ।

“संक्रमितहरु कोही अस्पतालमा उपचाररत छन् भने, कोही होम आईसोलेसनमै हरेका छन्” डिआईजी अर्यालले मेरोन्युजलाई भने । डिआईजी अर्यालका अनुसार सशस्त्र प्रहरी बल अहोरात्र जनताको सेवामा नै खटिएको छ । संक्रमितहरुसँग जुधेर सेवामा नै लागि परेका छ। हामी फ्रन्टलाईनमै बसेर पनि सेवा गर्नमा पछि हटेका छैनौ । कोरोनाको संक्रमणको दर तिब्र रुपमा फैलिदाँ त्यसको मारमा फ्रन्टलाईन सशस्त्र प्रहरी पनि परेका छन् ।

प्रतिक्रिया