मंगलबार, वैशाख १८, २०८१

माधव-झलनाथसहित एमालेका ११ नेता निष्कासित

मेरोन्यूज २०७८ जेठ १० गते १८:५६

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेकाे छ ।

स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसद्लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको हाे ।

पार्टीबाट निष्कासित हुनेमा उपाध्क्ष भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन् । खनाल, नेपाल र रावलबाहेक अन्य विघटित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसद हुन् ।

शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल, खनाल, रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे । पार्टी संस्थापन पक्षले साेधेकाे स्पष्टीकरण उनीहरूले बहिस्कार गरेका थिए । उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे ।

प्रतिक्रिया