मंगलबार, वैशाख १८, २०८१

कोभिड–१९ अध्यादेशको पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना

मास्क नलगाइ हिडडुल गर्नेलाई पटक पिच्छे सय रुपैयाँ जरिवाना

मेरोन्यूज २०७८ जेठ १० गते १५:४७

काठमाडौं । निषेधाज्ञा अवज्ञा गर्ने र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश उल्लंघन गर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गर्दै अध्यादेश उल्लंघन गर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना गरिने जानकारी गराएको छ । सुचना अनुसार अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट जरिवाना हुनसक्ने उल्लेख गरेको छ ।

अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने सुचना मार्फत जनाईएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा सय रुपैयाँ, बिना काम बाहिर निस्किए २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए २ हजार रुपैयाँ, अन्य सवारी साधन भए ५ हजार रुपैयाँ जरिवाना गर्ने जनाईएको छ ।

अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई जिल्ला अधिकारीले ६ महिना सम्मका लागि बन्द गर्न आदेश दिन सक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया