मंगलबार, वैशाख १८, २०८१

दुई नाबालकको घाँटी रेटेर हत्या गरेको आरोपमा युवा पक्राउ

मेरोन्यूज २०७८ जेठ ९ गते २०:५५

बारा । दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ ३ गते साँझदेखि बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अन्सारीका छोराद्वय ९ वर्षीय अमान अन्सरी र ७ वर्षीय उसमानको भोलिपल्ट शव फेला परेको थियो । उनीहरूको शव सोही उपमहानगर ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा फेला परेको थियो ।

घटनामा संलग्न भएको आरोपमा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया