मंगलबार, वैशाख १८, २०८१

कोरोना संक्रमण देखिएर होमआइसोलेसनमा भएको छ ? विशेषज्ञ परामर्श चाहिए यो नम्बरमा ११५६ कल गर्नुस्

मेरोन्यूज २०७८ जेठ ८ गते ७:४९

काठमाडौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई विशेषज्ञबाट स्वास्थ्य परामर्शका दिन नेपाल चिकित्सक संघ, एनएमए र अमेरिका नेपाल मेडिकल फाउन्डेसलन, एएनएमएफले संयुक्त रुपमा कलसेन्टर स्थापना गरेका छन् ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई आइपर्ने विभिन्न विशेषज्ञ सेवा टेलिफोनमार्फत् परामर्श दिने उद्येश्य कल सेन्टर स्थापना गरिएको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कलसेन्टरका लागि आवश्यक टेलिफोन नम्बर ११५६ सहित, कलजडान र कलफवार्ड सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराईने सुरुमा तीन महिना कल सेन्टर संचालन गर्ने र आवश्यकताका आधारमा समय थपिने जानकारी दिए ।
कल सेन्टर स्थापनका लागि एएनएमएफले सफ्टवेयर, चिकित्सक तथा परामेडिकल जनशक्तिलगायतका लागि आवश्यक झण्डै २० लाख बराबरको सहयोग गरेको एएनएमएफका अध्यक्ष डा.भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

नेपालमा कोरोना महामारीको दोस्रो लहरसँगै अहिले १ लाख १६ हजारभन्दा बढी संक्रमित होमआइसोलेसनमा छन्।

प्रतिक्रिया