मंगलबार, वैशाख १८, २०८१

स्वास्थ्य सामाग्री ल्याउन चीन गएको जहाज काठमाडौँ आयो

मेरोन्यूज २०७८ वैशाख २८ गते १६:३८


काठमाडौँ । नेपाली आकाशमै होल्डपछि चीनबाट ल्याएको अक्सिजन सिलिन्डर सहितको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । नेपालको आकाशमा ३ बजे प्रवेश गरेको जहाज ४ बजे मात्र अवतरण गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

गत साता राति चीनको बेइजिङमा गएको वाइडबडी आज मंगलबार साढे २ बजे अवतरण गर्नुपर्नेमा विमानमा कुनै समस्या नभएपनि सुरक्षाका लागि १ घण्टा होल्डिङ गरेको विमानस्थलका उडान व्यवस्थापक निर्देशक दीपु ज्वारचनले जनाएका छन् । ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर जहाज मार्फत ल्याइएको हो ।

चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने प्रतिबद्धता जनाएनुसार पहिलो पटक ४ सय सिलिन्डर ल्याइएको अरु केही दिनमा आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिईन् ।

यो पनि पढ्नुहोस्

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ भन्छन्- नेपाललाई छिट्टै स्वास्थ्य सामाग्री पठाउँछाै

प्रतिक्रिया