मंगलबार, वैशाख १८, २०८१

टेकु अस्पालले कोरोनाको पीसीआर परीक्षण बन्द गर्‍यो

मेरोन्यूज २०७८ वैशाख २८ गते १२:२७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि गरिने पीसीआर परीक्षण बन्द गरेको छ।

अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको सूचनामार्फत अस्पतालले जनाएको हो ।

‘विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ।’मंगलवार अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया