मंगलबार, वैशाख १८, २०८१

एमालेमा विवाद समाधान प्रयास

माधव नेपालले भ्रममा नपर्न भन्दै अघि सारे दुई बुँदे बटमलाइन

फागुन २८ र त्यसपछिका बैठकका निर्णय फिर्ता लिनुपर्ने र पार्टीलाई २०७५ जेठ २ मा फकाउनुपर्ने अडान

मेरोन्यूज २०७८ वैशाख २४ गते ११:४६


काठमाडौं । नेकपा एमालेमा देखा परेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहित दुवैतर्फका नेताहरूका बीचमा बाक्लो संवाद भइरहँदा नेता नेपालले विवाद मिलाउन आफ्नोतर्फका दुई बुँदे बटमलाइन सार्वजनिक गरेका छन् ।

नेपालले फागुन २८ र त्यसपछिका बैठकका निर्णय फिर्ता लिनुपर्ने र पार्टीलाई गत वर्षको जेठ २ मा फर्काउनु पर्ने आफ्नो बटमलाइन कायमै रहेको बताएका छन् । आफ्नो फेसबुक पेजबाट नेता नेपालले बटमलाइन अगाडि सारेका हुन् । त्यसभन्दा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुढृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्रवान गर्दछौँ, नेपालले भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौँ किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।

प्रतिक्रिया