मंगलबार, वैशाख १८, २०८१

कांग्रेसले भन्यो : अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारपन

मेरोन्यूज २०७८ वैशाख १८ गते १२:०९

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग गर्नु पर्नेमा गैह्र जिम्मेवार बनेको उल्लेख छ ।

“संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थिति बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया