मंगलबार, वैशाख १८, २०८१

‘रुन्छ नी मेरो मन’ गीत सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख १७ गते १३:४५

काठमाडौँ । चलचित्र ‘डाँडाँको वर पीपल’को ‘रुन्छ नी मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । जसमा गायक राजेशपायल राई र गायिका सत्यकला राइको स्वर रहेको छ ।

गीतमा नवराज गिरीको शब्द, शिव मुखियाको संगीत रहेको छ । डाँडाँको वर पीपल चलचित्रको गीतमा मुख्य कलाकारहरु गौरी मल्ल, शिव श्रेष्ठ र सलोन बस्नेतला रहेका छन् ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा नवराज गिरीको लगानी, सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ । यो चलचित्र पारिवारिक कथामा बनेको छ ।

प्रतिक्रिया