मंगलबार, वैशाख १८, २०८१

पूर्व रानी आइसियूमा भर्ना, पूर्व राजाको अवस्था सामान्य

मेरोन्यूज २०७८ वैशाख १६ गते १०:३४

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी पूर्व रानी कोमल शाह आइसियूमा भर्ना भएकी छन् । अक्सिजनको मात्रा कम भएपछि उनलाई आइसियूमा सारिएको हो ।

‘‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएर अक्सिजन कमी भएपछि आइसियूमा सारिएको हो, अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । अस्पतालका अनुसार उनलाई बाँकी स्वास्थ्य समस्या भने देखिएको छैन ।

सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पूर्व राजा शाहलाई अक्सिजन दिएको छ भने प्रेरणलाई अक्सिजन दिनु परेको छैन ।

पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएको केही दिनमै उनको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया