मंगलबार, वैशाख १८, २०८१

गण्डकी प्रदेश

सांसद शाहीका भाइ भन्छन्– दाइ बिमारी हुनुभएको हो तर चरित्रहत्या भयो

मेरोन्यूज २०७८ वैशाख १५ गते २०:२५

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा एकाएक प्रदेशसभा सदस्य खिमबिक्रम शाही हराएको भन्दै खैलाबैला मच्चियो । आजै मुख्यमन्त्रीविरुद्ध अविश्वसको प्रस्तावमाथि मतदान हुँदै थियो ।

केहीबेरपछि हराएका भनिएका सांसद शाहीको अस्पतालमा उपचाररत फोटो सार्वजनिक भयो । सांसद शाही हराएपछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चल्यो । प्रतिपक्षले भन्यो, सरकारले ‘अपहरण’ गर्‍यो, सत्तापक्षले भन्यो, नेपाली कांग्रेस, माओवादी र जनमोर्चाले ‘नाटक’ गरे । जे भए पनि अन्ततः उनी अकस्मात बिरामी परेर अस्पतालमा उपचारका लागि भर्ना भएको परिवारले दाबी गर्‍यो ।

सांसद शाहीका भाई जुनविक्रम

म जुनविक्रम शाही हो, सांसद खिम विक्रम शाहीको भाइ हो । दाइ आज अचानक बिरामी हुनुभएपछि हामीले अस्पताल लिएर आएका हौं । म अहिलेपनि अस्पतालमै छु । विभिन्न सञ्चारमाध्यम र फेसबुकमा दाइ अपहरणम परेको भन्ने समाचार आएपछि हामी सबै घर परिवार आक्रान्तमा छौं । सञ्चारमाध्यमहरुले नभएका नभएका कुराहरु तोडमोड बनाएर समाचार प्रकाशन गरेका छन् । दाइ क्वाटरमै हुनुहुन्थ्यो, म अर्कै साथीकोमा बसेको थिए । अन्दाजी १२ बजेतिर दाइले मलाई फोन गरेर अलि असहज भएको सुनाएपछि म हतारिँदै उहाँ भएको ठाउँमा आए । म दाजुकहाँ पुग्दा उहाँको शरीर कामेको थियो । उहाँले टाउको गहुँंगो भएको तथा श्वास फेर्न गाह्रो भएको भन्दै हुनुहुन्थ्यो । मैले उहाँलाई अस्पताल लिएर गए । तर कोरोना पनि हुनसक्छ भन्दै डाक्टरहले भर्ना गरेर उपचार गर्नुपर्छ भन्नुभयो । म दिउँसोदेखि नै दाइसँग नै छु, म अहिलेपछि दाइसँगै छु । फेसबुकमा हेर्दा अपहरणमा परेको यताउता जस्ता अपुष्ट समाचार प्रकाशन गरेको देखेर घरपरिवार हामी चिन्तति र आतंकित बनेका छौं । त्यस्तो केही भएको होईन, उहाँ बिमार परेरै यहाँ आउनुभएको हो । अहिले उहाँको अवस्था सामान्य नै छ ।

यस्तो अवस्थामा भेटिए हराएका सांसद शाही

प्रतिक्रिया