मंगलबार, वैशाख १८, २०८१

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने तयारी

मेरोन्यूज २०७८ वैशाख १५ गते १४:१५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै मतदान गर्ने उद्देश्यले सांसदहरुको बोल्ने समय छोट्याइएको जनाइएको छ ।

अहिले बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गरिरहेका छन्र । केही सांसदले टिप्पणी गरिसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया