मंगलबार, वैशाख १८, २०८१

राष्ट्रिय सभा सदस्य खड्का पदमुक्त

मेरोन्यूज २०७८ वैशाख १५ गते १३:५५

काठमाडौँ । राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । खड्काले नेकपा माओवादी केन्द्र परित्याग गरेका थिए । माओवादी राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले खड्काको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न वैशाख १० गते राष्ट्रिय सभा सचिवालयमा पत्र पठाएका थिए ।

सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ। अर्घाखाँचीका खड्काले माओवादी दल त्याग गरेर नेकपा एमाले प्रवेश गरेका छन् । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ ।

प्रतिक्रिया