मंगलबार, वैशाख १८, २०८१

जसपाको छलफल बिना निष्कर्ष सकियो

मेरोन्यूज २०७८ वैशाख १४ गते १५:००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चलिरहँदा मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको जसपाको बैठकमा कुनै निष्कर्ष ननिस्किएको जनाइएको छ ।

अविश्वास प्रस्तावमा अगाडि बढाउन कांग्रेस र माओवादी केन्द्रले जसपाको औपचारिक निर्णय मागेका थिए । छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।

प्रतिक्रिया