बुधबार, वैशाख १९, २०८१

बञ्चरो प्रहार गरेर आफ्नै बाबुको हत्या, छोरा पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:२८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार बञ्चरो प्रहार गर्ने अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ । अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने ’विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया