मंगलबार, वैशाख १८, २०८१

भारतमा अक्सिजनको कमी हुनु दुखद् घटना : ग्रेटा

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:०८

काठमाडौँ । स्वीडनकी पर्यावरण अभियानकर्ता ग्रेटा थनबर्गले भारतमा अक्सिजनको कमी भएको घटनाले आफूलाई दुःखी बनाएको बताएकी छन् । उनले आफ्नो समाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।

‘दुनियाँभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ, भारतमा यसको दर कल्पनासम्म गर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘सबै मिलेर भारतलाई सहयोग गर्नु पर्ने बेला आएको छ, कोरोना भाइरसको दोस्रो लहर बढ्दै जाँदा भारतको राजधानी दिल्लीमा समेत मेडिकल अक्सिजन, बेड र औषधि कमी हुन पुगेको छ, यो दुखको कुरा हो ।’

ग्रेटा थनबर्गले पर्यावरणको असरबारे विश्वभर अभियान सञ्चालन गर्दै आएका छन् । १५ वर्षको उमेरदेखि पर्यावरणका विषयमा आवाज उठाउँदै आएकी उनले बेलायत, अमेरिकालगायत विश्वका विभिन्न देशहरुमा पुगेर अभियान चलाउँदै आएकी छन् ।

छिमेकी देश भारतमा कोरोना संक्रमणको पुष्टिले नयाँ रेकर्ड कायम गरेको छ । शनिबार एकै दिन भारतमा ३ लाख ४८ हजार ९७९ जनामा कोरोना पुष्टि भएको थियो । यो एकैदिन संक्रमित भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

प्रतिक्रिया