मंगलबार, वैशाख १८, २०८१

सरकारी र अस्पतालमा आधारित ‘ए’ ग्रेड प्रयोगशालाको रिपोर्ट देखाएर विदेश जान पाइने

मेरोन्यूज २०७८ वैशाख १० गते २१:०९

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जाने गरेको भेटिएपछि सरकारले ‘ए’ ग्रेडको प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विदेश जाने व्यक्तिको पिसिआर परीक्षण सरकारी र अस्पतालमा आधारित भएको ‘ए’ वर्गका प्रयोगशालाले मात्र गर्ने जनाएको छ ।

कोडिभ परीक्षण गर्ने सबै सरकारी अस्पताल, स्टार हस्पिटल ललितपुर, नेपाल मेडिसिटी अस्पताल ललितपुर, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौं, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ हस्पिटल रुपन्देही र ह्याम्स हस्पिटल काठमाडौंले मात्र विदेश जाने व्यक्तिको पिसिआर परीक्षण गर्नेछन् । यही वैशाख ८ गतेको आइसिएसले तोकिएको अस्पताललाई मात्र विदेश जाने व्यक्तिको परीक्षण गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया