मंगलबार, वैशाख १८, २०८१

वनमन्त्री आलेद्वारा आर्थिक सहयोग

मेरोन्यूज २०७८ वैशाख १० गते १५:०३

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् ।

उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई १० हजार सहयोग प्रदान गरेका हुन् ।

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहेका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
––– रासस

प्रतिक्रिया