बुधबार, वैशाख १९, २०८१

शुक्रबार सुन-चाँदीको मूल्य कति ?

मेरोन्यूज २०७८ वैशाख १० गते ११:२६

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । प्रति तोला सुनमा ५ सयको दरले सुनको मुल्य घटेको हो । शुक्रबार सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको छ ।

बिहिबार ९२ हजार २ सयमा कारोबार भएको थियो । बुधबार प्रति तोला ९२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३२० मा कारोबार भएको छ ।

प्रतिक्रिया