मंगलबार, वैशाख १८, २०८१

नेपालद्वारा मलेसियाविरुद्ध २१८ रनको लक्ष्य

मेरोन्यूज २०७८ वैशाख ९ गते १५:०३

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक टि २० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले बलिङको निम्तो दिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१८को लक्ष्य दिएको हो ।

नेपालका लागि करण केसीले १३ बलमा ४५ रन बनाएका थिए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरेका हुन् ।

नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाए,आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ बनाए ।

प्रतिक्रिया