मंगलबार, वैशाख १८, २०८१

ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्यो : नेता कोइराला

मेरोन्यूज २०७७ चैत २८ गते २१:२७

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीका कारण देश वर्वाद तर्फ अघि बढेको टिप्पणी गरेका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवाद तर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरको हो । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता कोइरालाले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्यो ।’

नेता कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए । अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए । नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे ।

नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पाणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांगे्रसलाई नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए । पार्टी नेतृत्वप्रति समय खर्र्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे ।

प्रतिक्रिया