शनिबार, वैशाख २२, २०८१

बागलुङमा भेटियो १२ फिट लामो किङ कोब्रा

मेरोन्यूज २०७७ चैत २८ गते १५:३२

बागलुङ । बागलुङ नगरपालिका–७ मूलपानीका स्थानीय सुदीप गौतमको घरमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ ।

Advertisement

सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।

कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र पाँच किलोग्रामको भएको बताए ।

सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उनले अनुमान गरे । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताए ।

प्रतिक्रिया