मंगलबार, वैशाख १८, २०८१

हुण्डि कारोबारमा संलग्न ३ जना पक्राउ

मेरोन्यूज २०७७ चैत २७ गते १२:५१

पर्सा । जिल्लाको विरगञ्जबाट हुण्डि कारोबारमा संलग्न भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मालाई जिल्ला प्रहरी कार्यलय पर्साले पक्राउ गरेको हो ।

उनिहरुलाई विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनिहरुको साथबाट स्रोत नखुलेको १६ लाख बरामद गरिएको प्रहरीले जानकारी दिए ।

उनीहरुमाथि वैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन विपरीत कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया