मंगलबार, वैशाख १८, २०८१

माओवादी केन्द्रका २ मन्त्रीद्वारा राजीनामा

मेरोन्यूज २०७७ चैत २५ गते १४:१३

पाेखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा बुझाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धय मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्।

चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए।

राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए।

राजीनामा पत्र बुझाउन पुगेका मन्त्री चुमानले संघीयताको अभ्यास सरकार संचालनमा मात्र नभई पार्टी संचालनमा पनि राम्रो नभएको बताए। ‘गण्डकी प्रदेशमा यहींको संसदीय दलले सरकारमा रहने कि नरहने भनेर निर्णय गर्न पाउनुपर्ने हो, तर माथिबाट लादियो,’ उनले भनेका थिए।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया