मंगलबार, वैशाख १८, २०८१

काठमाडौं महानगरका वडासचिव विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा

मेरोन्यूज २०७७ चैत २४ गते १८:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिए बापत घुस मागेको आरोपमा पोखरेलविरुद्द मुद्दा दायर गरेको हो।

अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका पोखरेलबिरुद्द बिगो चार लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसारको सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया