आइतबार, वैशाख १६, २०८१

भारतमा कोरोनाको चौँथो लहरः दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइयो

मेरोन्यूज २०७७ चैत २४ गते १३:१५

एजेन्सी । भारतमा कोरोनाको चौँथो लहर सुरु भएसँग राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ।

दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।

अप्रिल ३० सम्म जारी रहनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

सोमबारमात्रै दिल्लीमा थप ३ हजार ५ सय ४८ कोरोना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया