आइतबार, वैशाख ३०, २०८१

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

मेरोन्यूज २०८१ वैशाख १६ गते १२:०१

काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ । आज  लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन् ।

नेपालको प्लेइङ ११ – रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल ।
 

प्रतिक्रिया