मंगलबार, वैशाख १८, २०८१

मेलम्चीको पानी वितरण कार्यको उद्घाटन शुक्रबार राष्ट्रपतिले गर्ने

मेरोन्यूज २०७७ चैत १९ गते २०:३३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गर्ने भएकी छिन् ।

उनले अपराह्न २ बजे भृकुटीभण्डपबाट पानी वितरण कार्यको उद्घाटन गर्ने खानेपानी मन्त्री मणिचन्द्र थापाले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा तीन वटा धारा निर्माण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्री, आयोजनाका पदाधिकारीको उपस्थिति रहनेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पठाउन थालिसकेको छ ।

प्रतिक्रिया