दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
मेरोन्यूज
२०८० चैत १५ गते २१:१७
दाङ । दाङको लमहीमा बिहीबार अटो दुर्घटनामा परेको छ। दाङ प्रहरीका अनुसार लमही नगरपालिका ९ अम्राई खोला नजिक तुलसिपुर–अमिलिया सडक खण्डमा तुलसिपुरबाट अमिलियातर्फ आउँदै गरेको अटो दुर्घटनामा परेको हो।
अटो सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ।
सम्बन्धित
प्रतिक्रिया