रुसी सेनामा आवद्ध लमजुङका एक युवकको मृत्यु
मेरोन्यूज
२०८० माघ २ गते १४:३८
काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ ।
पालिकाका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
गुरुङको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
सम्बन्धित
प्रतिक्रिया