बुधबार, वैशाख १९, २०८१

नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटी भयो : कांग्रेस सांसद

मेरोन्यूज २०८० जेठ २१ गते १६:४१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन् ।

सांसद पौडेलले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्ने बताए । उनले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गरे ।

‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनु पथ्र्यो, संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपति कहाँ प्रमाणित गर्नका लागि पठाउनु पथ्र्यो,’ उनले भने, ‘संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपति कहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणीकरण गर्ने अवस्था हुनु पथ्र्यो, त्यसैले कण्टेण्टको बारेमा सहमति, विमती के छ त्यो भन्दा पनि प्रक्रियाबारे त्रुटी देखियो ।’

उनले कण्टेण्टमा आम रुपमा धेरै विवाद नहुँदा नहुँदै पनि प्रोसेसको बारेमा जुन त्रुटी गरियो त्यो स्वभाविक नभएको बताए । उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्छ भन्ने लागेको बताए ।

प्रतिक्रिया