मंगलबार, वैशाख १८, २०८१

भारत भ्रमण सफल र परिणामुखी रह्यो : प्रधानमन्त्री दाहाल

मेरोन्यूज २०८० जेठ २० गते १९:४४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन् ।

भारतको चार दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको दाबी गरे । उनले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको बताए ।

‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि मार्ग दर्शनको रुपमा रहने जिकीर गरे ।

प्रतिक्रिया