मंगलबार, वैशाख १८, २०८१

माछा मार्ने क्रममा युवकको मृत्यु

मेरोन्यूज २०८० जेठ ८ गते २०:२३

काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिका २ लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

सोमबार दिउँसो लिखु नदीमा माछा मार्ने क्रममा करेण्ट सर्ट हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको हो । नदीमा नुहाएपछि उपकरण प्रयोग गरेर माछा मार्ने क्रममा करेण्ट सर्ट हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

करेण्ट लागेर छटपटाइरहेको देखेपछि अर्का एक युवकले स्थानीय र प्रहरीमा खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भएको प्रहरी चौकी सिरिसेले जनाएको छ ।

प्रतिक्रिया