मंगलबार, वैशाख १८, २०८१

विदेशमा रहेका नेपालीलाई आगामी मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

मेरोन्यूज २०८० जेठ ५ गते १७:५३

काठमाडौँ । सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्व समाधान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसार कारोबारलगायत सबै प्रकारकाक अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

त्यस्तै सरकारले आगामी पाँच वर्षमा कारबासमा कैदीको चाप नहुने गरी निर्माण भएका कारागारको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ ।

प्रतिक्रिया