मंगलबार, वैशाख १८, २०८१

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

मेरोन्यूज २०८० वैशाख २४ गते १६:५१

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।

सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ। रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिनेछ। सो रिवार्ड पोइन्ट कारोवार गर्दै जादा जोडिदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने छन् ।

प्रतिक्रिया