मंगलबार, वैशाख १८, २०८१

इटलीमा च्याटजीपीटीमाथी प्रतिबन्ध

मेरोन्यूज २०७९ चैत १९ गते १५:३२

काठमाडौं । इटली आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने पहिलो पश्चिमी मुलुक बनेको छ।

इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको छ ।ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ।

इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया