आइतबार, वैशाख २३, २०८१

बागमती सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

मेरोन्यूज २०७९ चैत १० गते १३:५९

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशबाट बाहिरिएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरिएको हो।

Advertisement

एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरे। शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो।

बागमतीमा प्रदेश सभामा २७ प्रदेश सभा सदस्य छन्। जसमध्ये ४ जना मन्त्री थिए।

थपलियासहित एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए।

थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए। बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए।

प्रतिक्रिया