मंगलबार, वैशाख २५, २०८१

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

मेरोन्यूज २०७९ माघ २३ गते १२:२१


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको तर्फबाट उम्मेदवारी दिएकी उर्मिला अर्याललाई निर्विरोध निर्वाचित भएकी छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

Advertisement

अर्यालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ थिए भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा थिए ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली थियो ।

राष्ट्रिय सभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा ९एकीकृत समाजवादी० का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।

एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमाले थिइन्।

उनी २०६३मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेर पराजित भएकी थिइन् । अर्यालल अहिले नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन्।

प्रतिक्रिया